२२ पुस, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए । सह सचिव कोइरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका विषयमा छलफल गरियो ।
यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भयो । यसका साथै सम्माननीय प्रधानमन्त्री ज्यूको भारत भ्रमणको सुरक्षा व्यवस्था, तथा केही द्वीपक्षिय सुरक्षाका विषयमा छलफल भयो ।
सुरक्षाको बिस्तृतिकरण गर्ने विषयमा छलफल भएको छ । त्यो विषय हामी सार्वजनिक गर्दैनौँ ।’ सह सचिव कोइरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।
केन्द्रीय सुरक्षा समिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्थाका विषयमा छलफल भएपनि प्रधानमन्त्री भाग लिन जाने भाइबे्रन्ट गुजरात ग्लोबल समिट भने स्थगित गरिएको छ।