प्रधानमन्त्री टी–२० कपः नेपाल पुलिसले सुदूरपश्चिमलाई दुई रनले हरायो

प्रधानमन्त्री टी–२० कपः नेपाल पुलिसले सुदूरपश्चिमलाई दुई रनले हरायो

२६ पौष, काठमाडौँ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमवार भएको अर्काे खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई दुई रनले हराएको हो । पुलिसले सुदूरपश्चिमलाई ९४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७, नारायण जोशीले २२ र खडक बोहराले १३ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमलाई ९१ रनमै रोक्न पुलिसका आरिफ शेखले चार विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले २१, पवन सर्राफले २० र आरिफ शेखले १० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले तीन–तीन विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.