कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

२८ पौष, सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ ।

आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.