लोसपा महोत्तरीका ८ स्थानीय तहमा अध्यक्ष मनोनित

लोसपा महोत्तरीका ८ स्थानीय तहमा अध्यक्ष मनोनित

१ माघ, जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महोत्तरीले ८ स्थानीय तहमा नेतृत्व चयन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष रामबाबु साहले ८ पालिकाको अध्यक्ष मनोनित गरेका हुन् । पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा जिल्ला अध्यक्षहरु मनोनित गरेपछि विवाद भइरहेका बेला महोत्तरी अध्यक्ष साहले पालिका अध्यक्षहरु मनोनित गरेका हुन् ।

अध्यक्ष ठाकुरले जिल्ला अध्यक्षहरु मनोनितमा एकलौटी गरेको आरोप वरिष्ठ नेता राजेन्द्र महतो पक्षको छ । ठाकुरले मनोनित गरेको प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र जिल्ला अध्यक्षहरुलाई हटाएर सहमतिका आधारमा पुनः चयन गर्नुपर्ने महतो पक्षको माग छ ।

यता, महोत्तरी अध्यक्ष साहले नेपालको अन्तरिम विधान २०७८ बमोजिम जिल्ला कमिटीको पुस ३० को निर्णय अनुसार ८ पालिकाको अध्यक्ष मनोनयन गरेको बताएका छन् ।

कुन पालिकाको अध्यक्षमा को ः

१. बर्दिबास नगरपालिका– चेतकुमार थापा
२. भंगहा नगरपालिका– संजिवकुमार साह
३. बलवा नगरपालिका– राम विजय महतो
४. लोहारपटी नगरपालिका– राम सोहाग यादव
५.गौशाला नगरपालिका– समर लामा
६. एकडारा गाउँपालिका– राम छविला साह
७. सोनमा गाउँपालिका– विशेश्वर यादव
८. समसी गाउँपालिका– शेख अनवारुल हक

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.