भोलिदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने

भोलिदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने

१ माघ, विराटनगर ।
वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनः श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ ।

काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको हो । वि.संं २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेको हो ।

श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

योसँगै अब पुनः श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिने प्रक्रिया तलको सूचनामा उल्लेख गरिएको छः

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.