२ माघ, एजेन्सी ।
भारतीय क्रिकेट टोलीका उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् ।
कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए ।
कोहलीको कप्तानीमा भारतले कुल ६८ टेस्ट क्रिकेट खेलेको छ । जसमा ४० मा जित, १७ मा पराजित र ११ खेलमा बराबरी भएको छ ।
उनले ६८ खेलमा २० शतक प्रहार गरेका छन् । उनी सफल कप्तान समेत हुन् ।