प्रदेश २ को सभामा प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी अध्ययन प्रतिवेदन पेश

प्रदेश २ को सभामा प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी अध्ययन प्रतिवेदन पेश

२ माघ, काठमाडौँ । प्रदेश २ को प्रदेशसभामा आज प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन पेश गरिएको छ । समितिले विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग छलफल गरी प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धि प्रतिवेदन तयार पारेको हो ।

प्रदेशको नाम र राजधानीमा दलहरुबीच सहमति नजुटेपछि सभामुखको संयोजकत्वमा विशेष समिति बनाइएको थियो । तर समितिले पनि सर्वसम्मत नाम र राजाधानीको टुंगो लगाउन नसकेकाले विभिन्न पक्षहरुबाट आएका नाम र राजधानीको प्रस्तावलाई प्रदेशसभामा लैजाने र मतदानबाट तय गरिने भएको छ ।

२ नम्बर प्रदेशको नाममा मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीमा जनकपुर र वीरगञ्जको प्रस्तावहरु आएका छन् । नाम र स्थायी राजधानी सम्बन्धि प्रस्ताव पारित हुन २ तिहाई बहुमत आवश्यक पर्दछ । तर प्रदेश सभामा कुनै पनि दलको उक्त बहुमत छैन ।

सत्तारूढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् भने प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादीले पनि त्यसलाई नै समर्थन गरेको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेको छ । तर कुनै पनि प्रस्तावमा दुई तिहाइ नपुग्ने भएकाले सवै प्रस्ताव अस्वीकृत हुने अवस्था रहेको बुझिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.