स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई

स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई

३ माघ, एजेन्सी । रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक–एक गोल गरे ।

खेलको ८७ औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.