कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३ माघ, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–४ को बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको हो ।

घटनाको विरोधमा सोमबार बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशन पनि गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.