खोप कार्ड हराएमा प्रतिलिपि पाइने, तर प्रतिलिपि पाउन के गर्ने ?

खोप कार्ड हराएमा प्रतिलिपि पाइने, तर प्रतिलिपि पाउन के गर्ने ?

५ माघ, काठमाडौँ । खोप कार्ड हराएकाहरुलाई स्वास्थ्य मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ ।

मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ ।

दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।

सरकारले आउँदो ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तै बुस्टर डोजको लागि पनि खोप कार्ड अनिवार्य नै चाहिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.