चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य

चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य

६ माघ, काठमाडौँ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यस्तै एकपटकमा पाँचसय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको छ ।

अवलोकनकर्ताले मास्क अनिवार्य लगाउनुपर्ने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्नेछ ।

कोरोना सङ्क्रमण बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गर्ने र आवश्यक परे एकपटकमा दुुई सय जना मात्रै अवलोकनकर्तालाई प्रवेश गराइने चिडियाखानाले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।

चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।

नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.