तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समितिको बैठक स्थगित

तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समितिको बैठक स्थगित

६ माघ, काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.