प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

७ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लागेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.