सुक्खा पहिरोका कारण बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु

सुक्खा पहिरोका कारण बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु

७ माघ, काठमाडौँ । सुक्खा पहिरोका कारण रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।

डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ ।

सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने उनले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.