मधेस प्रदेशको राजपत्रमा छैन ‘चुच्चे नक्सा’

मधेस प्रदेशको राजपत्रमा छैन ‘चुच्चे नक्सा’

९ माघ, विराटनगर ।
तत्कालीन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्था हुँदाहुँदै पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ।

मधेस प्रदेश नामाकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो। मधेस प्रदेशका महान्यायधिवक्ता दीपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिएपछि सर्वाधिक चासोको रुपमा हेरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.