नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मोरिससको टोली भोलि नेपाल आइपुग्ने

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मोरिससको टोली भोलि नेपाल आइपुग्ने

९ माघ, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि अफ्रिकी देश मरिससको टोली भोलि सोमवार नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मरिससको टोली भोलि बिहान सवा ११ बजे नेपाल आइपुग्ने जनाएको छ ।

नेपाल र मरिससबीच दशरथ रङ्गशालामा आउँदो १५ गते शनिवार र १८ गते मङ्गलवार दुई मैत्रीपूर्ण खेल हुँदैछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अफ्रिकी देशसँग मौत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.