सुनको भाउ तोलामा पाँच सयले बढ्यो

सुनको भाउ तोलामा पाँच सयले बढ्यो

११ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.