माओवादी सांसदले तस्बिर खिचेपछि हेटौंडामा तनाव

माओवादी सांसदले तस्बिर खिचेपछि हेटौंडामा तनाव

१२ माघ, हेटौंडा ।
वाग्मती प्रदेश सांसद हिमाली गोलेले आफैले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय सभा चुनावमा तनाव सिर्जना भएको छ ।

दोलखाबाट माओवादीकी समानुपातिक सांसद रहेकी लामाले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच केहीबेर भनाभनको अवस्था उत्पन्न भएको हो । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले सांसद लामालाई उक्त तस्बिर हटाउन आग्रह गरेका थिए ।

त्यसपछि मतदानका क्रममै रहेका माओवादीका अर्का सांसद राजकाजी महर्जन श्रेष्ठसँग भनाभन गर्न पुगेका हुन् । श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३(क) बाट निर्वाचित सांसद हुन् । सा‌ंसद लामाले यसअघिको राष्ट्रिय सभा चुनावमा मतदान गरेकी थिइनन् ।

प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिएका छन् । उनीहरूले मुख्यमन्त्रीलाई जानकारी गराउँदा प्रदेशका मुख्यमन्त्रीहरू पनि उपस्थित थिए ।

राष्ट्रियसभा सदस्यअन्तर्गत् वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे टुंगिनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ

राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा ९एस० बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.