हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घट्यो

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घट्यो

१६ माघ, काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.