वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ३४ रनले विजयी

वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ३४ रनले विजयी

१६ माघ, काठमाडौँ । वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड विजयी भएको छ ।

ब्रिजटाउनमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई ३४ रनले हराएको हो ।

इङ्ग्ल्यान्डले जितका लागि दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि केली मेयर्सले ४० रन तथा जासन होल्डरले ३६ रन बनाए। इङ्ग्ल्यान्डका मोइन अलीले २ विकेट लिए ।

आदिल राशिद, रिस टोप्ले र लियाम लिभिङस्टोनले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । इङ्ग्ल्यान्डका लागि मोइन अलीले ६३ तथा जासन रोयले ५२ रनको अर्धशतकीय पारी खेले । वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए ।

यो जितसँगै पाँच खेलको श्रृङ्खलामा दुई–दुईको बराबरी भएको छ । भोलि हुने अन्तिम तथा पाँचौँ खेल निर्णायक हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.