इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

१७ माघ, एजेन्सी । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा अतिरिक्त समयमा इजिप्टले मोरक्कोलाई पराजित गरेको हो ।

पहिलो ६ मिनेटमै पाएको पेनाल्टीमा बोफालको गोलबाट मोरक्कोले सुरुवाति अग्रता लिएको थियो । तर ५३औँ मिनेटमा मोहम्मद सालहले इजिप्टका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयमा धकेलिएको खेलमा इजिप्टका लागि १००औँ मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गरेर इजिप्टलाई जित दिलाएका हुन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इक्वेटोरियल गिनीलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेनेगलका लागि फामरा डाइडेउ, चिखोउ कौयाट र मिस्माइला सारले एक–एक गोल गरे भने इक्वेटोरियल गिनीका लागि जानिक बुयलाले एक गोल गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.