नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

१८ माघ, विराटनगर ।
नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.