फिफा विश्वकप दक्षिण अमेरिकी छनोटः ब्राजिलले पाराग्वेलाई हराउँदा इक्वेडर र पेरु बराबरीमा रोकिए

फिफा विश्वकप दक्षिण अमेरिकी छनोटः ब्राजिलले पाराग्वेलाई हराउँदा इक्वेडर र पेरु बराबरीमा रोकिए

१९ माघ, एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबल दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पाराग्वेलाई ४–० गोलले हराएको छ । ब्राजिलका राफिन्हा, फिलिपे कोउटिन्हो, एन्टोनी र रोड्रिगोले एक-एक गोल गरे ।

जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको शीर्ष स्थानमा छ । ब्राजिलले यसअघि नै विश्वकपमा स्थान बनाइसकेको छ । पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा छ ।

अर्को खेलमा इक्वेडर बराबरीमा रोकिएको छ । इक्वेडरले पेरुसँग एक-एक गोलको बराबरी खेलेको हो । सुरुआती गोल गरेको इक्वेडरले अग्रता जोगाउन सकेन ।

खेलको दोस्रो मिनेटमा नै माइकल एस्ट्राडाले गोल गरी इक्वेडरलाई अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गरेर पेरुलाई एक-एक गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै इक्वेडरले १६ खेलमा २५ अंक जोडेको छ । इक्वेडर तालिकाको तेस्रो स्थानमा रहेको छ । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.