बर्दियामा बस दुर्घटनाः ३५ जना घाइते

बर्दियामा बस दुर्घटनाः ३५ जना घाइते

२० माघ, बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिका–३ मा बस दुर्घटना भएको छ ।

आज बिहान भएको सो दुर्घटनामा परि ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ । दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका–६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । सामान्य घाइते भएका अन्यलाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.