नेपालले विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी र यूएइसँग त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने

नेपालले विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी र यूएइसँग त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने

२५ माघ, काठमाडौँ । नेपालले विश्व कप लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत यूएईले त्रिदेशीय एक दिवसीय श्रृङ्खला आयोजना गर्ने भएको हो । यो श्रृङ्खला मार्चको तेस्रो हप्ता गर्ने तयारी छ । त्रिदेशीय श्रृङ्खलाको तालिका भने सार्वजनिक हुन बाँकी छ । तर पपुवा न्युगिनी, नेपाल र यूएईबीच हुने भनिएको छ ।

नेपालले आईसीसी विश्व कप लिग–२ मा अहिलेसम्म दुई वटा त्रिदेशीय श्रृङ्खला खेलेको छ । नेपालले सन् २०२० मा घरेलु मैदान कीर्तिपुरमा ओमान र अमेरिकासँग खेलेको थियो । त्यस्तै असोजमा ओमानमा ओमान र अमेरिकासँग खेल भएको थियो ।

नेपाल विश्व कप लिग–२ मा आठ खेलमा चारमा जित र चारमा हारसहित छैटौँ स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्व कप लिग–२ का शीर्ष तीन टोलीले सोझै एक दिवसीय विश्व कप छनोटमा स्थान बनाउने छन् ।

बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.