एमसीसीको चक्करमा आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित

एमसीसीको चक्करमा आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित

२६ माघ, काठमाडौं ।
आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ फागुनसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको भए पनि कारणबस स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सापकोटालाई बैठक स्थगन गर्न आग्रह गरेका र सोहीबमोजिम बैठक स्थगित भएको बताइएको छ ।

यसअघि १६ माघका लागि बोलाइएको संसद बैठक पनि सूचना टाँस गरी स्थगित गरी २६ माघका लागि सारिएको थियो । तर, २६ माघका लागि बोलाइएको बैठक पनि २ फागुनसम्मका लागि स्थगित भएको हो ।

सत्ता गठबन्धनभित्रै अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गर्ने कि नगर्ने भन्नेमा विवाद छ । सोही परिस्थितिमा बैठक स्थगित भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.