‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र च्यासल युथ खेल्दै

‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र च्यासल युथ खेल्दै

२६ माघ, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्दैछन् । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुँदैछ ।

तालिका अनुसार गएको माघ दुई गतेका लागि तय भएको खेल खेलाडीमा कोभिड–१९ सङक्रमण देखिएपछि स्थगित भएको थियो । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा छ । समान खेलमा च्यासल ५ अंक जोडेर १३ औं स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.