माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

२७ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरे पनि कोइरालाले गठबन्धन नगर्ने बताएका कोइरालाको सचिवालयले जनाएको छ ।

यस्तै, कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डलाई भेट्न बिहान कांग्रेस नेता कोइराला खुमलटार पुगेका थिए । यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.