वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जित्यो

वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जित्यो

२७ माघ, एजेन्सी । वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जितेको छ ।

गएराति भएको दोस्रो खेल ४४ रनले जितेसँगै तीन खेलको श्रृङ्खला भारतले २–० ले जितेको हो ।

अहमदाबादमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ४६ ओभरमा एक सय ९३ रन बनाउँदा अलआउट भयो । उसका लागि सामर्ह ब्रुक्सले सर्वाधिक ४४ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादवको ६४ र केएल राहुलको ४९ रन मद्दतमा दुई सय ३७ रन बनाएको थियो ।

तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० श्रृङ्खला खेल्न वेष्ट इन्डिज भारत भ्रमणमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.