एमसीसीविरुद्ध नियोजित भ्रम फैलाइयोः प्रवक्ता महत

एमसीसीविरुद्ध नियोजित भ्रम फैलाइयोः प्रवक्ता महत

१ फागुन, चितवन ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन्।

शारदानगर जेसिजको २२औंं पदस्थापन एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै उनले एमसीसीका बारेमा प्रायोजित रुपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए।

एमसीसीको अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने उल्लेख गरे। एमसीसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले स्पष्ट पारे।

विगतका सरकारले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग झिक्दै डा. महतले अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको बताए।

नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उनको भनाइ थियो।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.