सन्दीप लामिछाने आईपीएल क्रिकेटको मेगा अक्सनमा ’अनसोल्ड’

सन्दीप लामिछाने आईपीएल क्रिकेटको मेगा अक्सनमा ’अनसोल्ड’

१ फागुन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा ’अनसोल्ड’ भएका छन् ।

बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अर्थात उनलाई कुनै पनि टोलीले किनेनन् ।

अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अहिले उनी नेपाली टोलीको कप्तानी गर्दै विश्व कप छनोटका लागि ओमानमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.