एजेन्सी, साउन ३०
दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट श्रृङ्खला श्रीलंकाले जितेको छ । एकदिवसीय श्रृङखला ३–२ ले गुमाएको श्रीलंकाले टी(२० मा दक्षिण अफ्रिकाबिरुद्ध ३ विकेटको जित हात पार्याे ।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका १६.४ ओभरमा ९८ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका क्वीनटन डी ककले सर्वा्धिक २० रन बनाएका थिए । रेजा हेन्ड्रिक १९, हेनिरिक कलासेन १८ , डेभिड मिलरले १४ तथा जुनियर डालाले १२ रन जोडेका थिए । अफ्रिकाका हासिम आमला, एन्डले फेलिकाओ, कागिसो रावाडा र तबरेज सम्सीले खातानै खोल्न सकेनन् भने अन्य ब्याट्सम्यानले ५ रन पनि कटाउन सकेनन् ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्सन सन्दकनले १९ रन खर्चिएर ३ विकेट लिए । अकिला धनञ्जय र धनञ्जय डी सिल्भाले दुई दुई बिकेट लिए । ९९ रनको झिनो लक्ष्य श्रीलंकाले १६ ओभर ७ विकेट गुमाएर पुरा गरेको थियो ।
श्रीलंकाका लागि वेस्टइन्डीज विरुद्धको दोस्रो टेस्टमा बल टेम्परिङ गरेको अभियोगमा प्रतिबन्धमा परेका दिनेश चण्डिमलले उत्कृष्ट पारी खेले । प्रतिबन्ध पछि पहिलो टी ट्वान्टी खेलका विकेटकिपर ब्याट्सम्यान चण्डीमलले नटआउट ३६ रन जोडेका थिए । धनञ्जय डी सिल्भाले ३१ रन जोडेका थिए । अफ्रिकाका काशिको रावडा, तबरेज साम्सी र जुनियर डालाले दुई दुर्ई विकेट लिएर श्रीलंकालाई दबाबमा राख्न खोजपनि हार टार्न भने सकेनन् ।