कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, संसदमा एमसीसी सम्झौता पेस नहुने

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, संसदमा एमसीसी सम्झौता पेस नहुने

४ फागुन, काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामरेश समितिको बैठक सकिएको छ । सभामुख अग्नि सापकोटाले बोलाएको आज बुधवारको बैठकमा अमेरिकी सहयोग एमसीसी सम्झौता पेस गर्ने/नगर्ने विषयमा छलफल भए पनि आज पेस नगर्ने सहमति भएको छ ।

बैठक चल्दै गर्दा सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले आज सम्झौता पेस नगर्ने सहमति भएको जानकारी गराएका थिए । बैठकमा एमाले र जनता समाजवादी पार्टीका प्रतिनिधि भने सहभागी थिएनन् ।

आजको संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र विभिन्न समयमा निधन भएका तीन जना पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.