वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी

वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी

५ फागुन, एजेन्सी । पहिलो टी–२० क्रिकेटमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ ।

कोलकातामा गएराति भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि कप्तान रोहित शर्माले ४० तथा इशान किशनले ३५ रन जोडे । त्यस्तै सूर्यकुमार यादवले नटआउट ३४ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।

भारतका हर्सल पटेल र रवि विश्नोईले २÷२ विकेट लिए । जितसँगै भारतले ३ खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । यसअघि भएको ३ खेलको एक दिवसीय क्रिकेटमा भारतले ’क्लिन स्वीप’ गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.