काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

५ फागुन, काठमाडौँ । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

बिहान करिब ६ बजे बालाजुको गंगा हल अगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०–५५ वर्षीया महिला रहेको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकारी दिए।

एसपी शर्माका अनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो।

बसको नम्बर खुल्न सकेको छैन। यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.