सांसद खतिवडाद्धारा पानी ट्यांकीमा विष राखिएको घटनाको छानबिन गर्न माग

सांसद खतिवडाद्धारा पानी ट्यांकीमा विष राखिएको घटनाको छानबिन गर्न माग

काठमाडौं, साउन ३०
विद्यालयको पीउने पानीको ट्यांकीमा विष राखिएको घटनाको तत्काल छानविन गरी संलग्न अपराधीलाई कारवाही गर्न सांसद घनश्याम खतिवडाले माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले घटनाको सत्य तथ्य छानविन गरि संलग्न दोषी माथि कडा कारबाही गर्न माग गरेका हुन् ।

घटनाको समयमा लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयमा एउटा गाडी पनि चल्न सक्ने अवस्थामा नभएको भन्दै उनले लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए ।

मंगलबार मोरङ क्षेत्र नम्बर १, लेटाङ नगरपालिकाको श्री जाँते माविमा विद्यार्थीले पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले चेक गर्दा पिउने पानीको ट्यांकीमा विषको बोतल नै फेला परेको थियो । विषाधियुक्त पानी पिउँदा २६ जना विद्यार्थी बिरामी परेका थिए । उनले प्रहरीले विभिन्न विपतको समयमा पनि भाडाको सवारी साधन प्रयोग गर्ने गरेको उल्लेख गर्दै प्रहरीलाई संचार र यातायातका साधन सम्पन्न गराउन पनि माग गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.