प्रदेश–१ को नाममा सहमति जुटाउन आज सर्वदलीय बैठक बस्दै

प्रदेश–१ को नाममा सहमति जुटाउन आज सर्वदलीय बैठक बस्दै

१० फागुन, विराटनगर । प्रदेश–१ सरकार प्रदेशको नाममा सहमति जुटाउन आज मंगलबार मध्याह्न १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ ।

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको हो। गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश–१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएकोथियो ।

प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश–१ ले नाम टुङ्गो लगाउन सकेको छैन् । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्न पहल गरे पनि अहिलेसम्म नाममा सहमति हुन सकेको छैन् ।

अरु ६ वटा प्रदेशले नाम तथा स्थायी राजधानी टुङ्गो लगाइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.