आज बस्ने भनिएको मधेस प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

आज बस्ने भनिएको मधेस प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

१० फागुन, जनकपुरधाम । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज मंगलबार दिउँसो बोलाईएको बैठकमा मन्त्री साह अनुपस्थित हुने भएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएकोथियो ।

तर, मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.