विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा भाडा छुट दिने सहमति

विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा भाडा छुट दिने सहमति

११ फागुन, काठमाडौँ । नेपालमा विदेशी पर्यटकहरु भित्र्याउन हवाइ भाडा छुट दिने गरि सहमति भएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति तथा बुद्ध एअर र यति एअरलाइन्सबीच विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक हवाइ उडानमा भाडा छुट दिने सहमति भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ उडानको भाडामा) छुट दिने सहमति गराएको हो ।

यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।

विदेशबाट आउने नागरिकलाई हवाइ भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाइ भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए ।

यतिमात्र नभइ उक्त समितिले कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण थला परेको उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.