अनामनगर–थापागाउँ हुँदै संसद भवन जान कांग्रेसको आफ्ना सांसदहरुलाई आग्रह

अनामनगर–थापागाउँ हुँदै संसद भवन जान कांग्रेसको आफ्ना सांसदहरुलाई आग्रह

१२ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर–थापागाउँको सडक प्रयोग गर्न आग्रह गरेको छ ।

माइतीघर–तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर–हनुमानथान–थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो ।

कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन पुग्नको लागि अनामनगर–हनुमानथान–थापागाउँको रुट प्रयोग गर्नु हुन अनुरोध छ ।’

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ । उक्त बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ ।

एमसीसी अनुमोदन सम्बन्धी प्रस्ताव यही फागुन ५ गते संसदमा पेश भएको थियो । एमसीसी अनुमोदन गर्न नहुने भन्दै नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शन हुँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.