अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न र भ्रमण नगर्न सरकारको अनुरोध

अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न र भ्रमण नगर्न सरकारको अनुरोध

१२ फागुन, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो ।

अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।

‘युक्रेनमा रहेका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ’, मन्त्रालयको सूचनामा भनिएको छ, ‘साथै, अति आवश्यक अवस्थामा बाहेक अहिलेलाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’

मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ जनाभन्दा धेरै नेपाली सम्पर्कमा रहेको र उनीहरु सकुशल रहेको जानकारीसमेत गराएको छ । आवश्यक परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.