विद्यार्थी नेताहरुलाई फोन गरी संयमतापूर्वक आन्दोलन गर्न गृहमन्त्रीको आग्रह

विद्यार्थी नेताहरुलाई फोन गरी संयमतापूर्वक आन्दोलन गर्न गृहमन्त्रीको आग्रह

१२ फागुन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् ।

उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।

एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन भनेका थिए ।

आफूले एमसीसीलाई रोक्ने तर्फ सरकारले भूमिका खेलोस् भनेर भनेको पराजुलीले बताए ।

यही फागुन ५ गते भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए । नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.