एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने माओवादीको निर्णय

एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने माओवादीको निर्णय

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।

प्रचण्डको निवासमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.