नेपाल बन्दको प्रभाव बुटवलमाः यातायत, बजार बन्द

नेपाल बन्दको प्रभाव बुटवलमाः यातायत, बजार बन्द

१६ फागुन, रुपन्देही । ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव बुटवलमा बिहानैदेखि देखापरेको छ ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानीक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले संयुक्त रूपमा नेपाल बन्द आह्वान गरेका हुन्।

बन्द घोषणाका कारण बिहानैदेखि सडकमा सवारी साधन चलेका छैनन् । फाट्टफुट्ट रूपमा मोटरसाइकल र अटो रिक्सा चले पनि सार्वजनिक सवारी साधन भने ठप्प छन्। बुटवल बजारका पसलहरु पनि खुलेका छैनन्।

उनीहरूले एमसिसी सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरु राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारले संसदबाट एमसिसी पारित गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.