झण्डै १७ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन, पर्सि बिहानसम्म साधुसन्तको बिदाइ गर्ने तयारी

झण्डै १७ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन, पर्सि बिहानसम्म साधुसन्तको बिदाइ गर्ने तयारी

१८ फागुन, काठमाडौँ । शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ । हिजो बिहान तीन बजेदेखि राति अबेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो ।

यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको भक्तजनले प्रतिक्रिया दिएका छन् । मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन् ।

यस्तै, हिजो संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिए ।

यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ । शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको उनले बताए । पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ ।

यस्तै स्वागतद्वार लगायत अरु अस्थायी संचरनाहरु पनि बनाइएका छन् । यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो ।

यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि थालिएको छ । भोलि बेलुका वा पर्सि बिहानसम्म उनिहरुको बिदाइ गर्ने गरी काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसवर्ष पशुपतिमा झण्डै ११ हजार साधु सन्त आएका छन् । झण्डै ५० हजार साधुसन्त आउने अनुमान् गरिएकोमा कोरोना महामारीका कारण संख्या घटेको हुनसक्ने कोषले जनाएको छ । साधुसन्तलाई वर्गीकरण गरि गुठीले दक्षिणासहित बिदाइ गर्ने र त्यसमा कोषले रकम थपेर सम्मानसहित बिदाइ गर्ने चलन छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.