१८ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार विभिन्न १० पदमा कर्मचारी माग गरेको हो ।
गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको थियो। सम्झौता अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि कर्मचारी मागिएको हो ।
एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।
एमसिसीले अनुदानमा दिने ५० करोड अमेरिकी डलर नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउनमा खर्च हुनेछ ।
