सम्झौता अनुमोदनले परियोजनाको काम अघि बढाउन बाटो खुल्योः एमसीसी

सम्झौता अनुमोदनले परियोजनाको काम अघि बढाउन बाटो खुल्योः एमसीसी

१८ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ ।

एमीसीको मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदनले यस अन्तर्गतका परियोजनाको काम अघि बढाउन बाटो खुलेको उल्लेख गरिएको छ ।

एमसीसी सम्झौता अनुमोदनपछि नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा सहकार्य गर्ने एमसीसीले उल्लेख गरेको छ ।

एमसीसी परियोजनाले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै धेरै रोजगारी सिर्जना गर्ने एमसीसी मुख्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.