माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने

१८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।

पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ ।

माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.