सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

१९ फागुन, काठमाडौँ । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो ।

स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्तिलगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.