सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुग्यो

२० फागुन, काठमाडौँ । सुनको भाउ आज शुक्रवार तोलामा नौ सय रुपैयाँले बढेको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.